१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुढीनन्दा नगरपालिका–७ लमालबाडाका १९ वर्षीय धनबहादुर रावतलाई फागुन ११ गते गिरफ्तार गरेको छ ।
घरमा कोही नभएको समयमा छोरीलाई बलात्कार गरेकोले कानन बमोजिम कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितका बुवाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
फागुन १० गते राति बलात्कार गरेको भन्दै पीडितले आरोपितका विरुद्ध अस्थायी प्रहरी चौकी पाण्डुसेनमा फागुन ११ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धनदेव साउदले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
आरोपित विरुद्ध जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरी अदालतबाट पाँच दिनको म्याद थप गरेर घटनाको थप अनुसन्धान भइरहेको इन्स्पेक्टर साउदले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन ११ गते जिल्ला अस्पतालमा गरिएको छ ।