INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालय भवनमा छाना नहुँदा पठनपाठन प्रभावित

सुनिलस्मृति गाउँपालिका –१ घोडाकोटमा रहेको शिशु कल्याण प्राविमा विद्यालय भवनको छानो नहुँदा पठनपाठन प्रभावित बनेको छ ।

०७८ फागुन ८ गते आएको हावाहुरीले विद्यालयको एका तिरको छाना उडाएपछि पठनपाठन प्रभावित बनेको हो ।

हावाहुरीले एकातिरको छानो उडाएपछि अर्को तिरको छानो खस्ने जोखिमकामा  पठनपाठन भइरहेको प्रधानाध्यपक नेमलाल पोख्रेलले बताउनु भयो ।

पोख्रेलका अनुसार हावाहुरीले छानो उडाएपछि नियमित पठनपाठन सकेको छैन ।  बिहानको समयमा खुला आकाश मुनि पठनपाठन भएपनि दिउसो पछि हावाहुरी चल्ने हुँदा दिउँसो १ बजे नै विद्यालय बन्द गर्ने गरेको प्रधानाध्यपक पोख्रेलले बताउनु भयो ।

यस वर्षको बजेट विनियोजन भइसकेका कारण बजेट अभाव रहेको र विद्यालयको छानो मर्मतमालागि गाउँपालिकाको  शिक्षा शाखामा निवेदन गर्ने तयारी भएको सुनिलस्मृति गाउँपालिका –१ का वडा अध्यक्ष केशवलाल कवरले बताउनु भयो ।

स्थलगत अध्यन गरिसकेको र गाउँपालिकामा निवेदन दिन आग्रह गरिसकेको सुनिलस्मृति गाउँपालिका शिक्षा शाखा प्रमुख यादब केसीले बताउनु भयो । कक्षा ३ सम्म रहेको उक्त विद्यालयमा ६४ जना विद्यार्थीहरूले अध्यनरत  छन् ।

अन्य

भिडियो