INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल यौन दुरुपयोगको कसुरमा २४ दिन कैद र १० हजार रुपियाँ जरिवाना

भीमेश्वर नगरपालिकाका–५ का ४८ वर्षीय सूर्यबहादुर बुढाथोकीलाई बाल यौन दुरुपयोगको कसुरमा जिल्ला अदालतले २४ दिन कैद सजाय र १० हजार रुपियाँ जरिवाना तथा १० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

न्यायधीश कविप्रसाद न्यौपानेको ०७८ फागुन १० गतेको इजलासले बाल यौन दुरुपयोग मुद्दामा कसुर ठहर गर्दै उक्त फैसला सुनाएको स्रेस्तेदार शिवकुमार पोखरेलले बताउनु भयो ।

अदालतको फैसला लगत्तै उनी जरिवाना र क्षतिपूर्तिको रकम बुझाएर रिहा भएका छन् ।

बुढाथोकी ८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कात्तिक ११ गते गिरफ्तार भई पुर्पक्षका लागि थुनामा थिए ।

अन्य

भिडियो