INSEC Online

📅 २०८३ श्रावण ६

बलात्कार गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई  सामूहिक बलात्कार  गरेको कसुरमा जिल्ला अदालतले १४ वर्षीय दुई  जना बालकलाई जनही एक वर्ष  कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश गिरीराज गौतमको  फागुन  ९ गतेको इजलासले कसुर गरेको ठहर गर्दै एक वर्ष कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी अर्जुनकुमार गुराँगाईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकालाई आरोपितद्वयले ०७७ चैत ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७८ वैशाख १९ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले वैशाख १९ गते घरबाटै गिरफ्तार गरेको थियो  ।

जिल्ला अदालतको ०७८ जेठ ३ गतेको आदेशमा आरोपितद्वय  अभिभावकको जिम्मामा थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा ०७८ वैशाख १९ गते गरिएको थियो ।

अन्य

भिडियो