INSEC Online

📅 २०८३ जेष्ठ २१

एक्सरे सेवा नहुँदा बिरामीलाई सास्ती

प्राथमिक स्वाथ्य केन्द्र सुलीचौरमा एक्सरे सेवा नहुँदा सामान्य उपचारकालागि समेत बिरामीहरूले सास्ती व्यहोर्नु परेको छ ।

पुर्वी रोल्पामा रहेको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा नहुदाँ समान्य उपचारका लागि निजि क्लिनिकमा जानुपर्ने बाध्यता रहेको स्थानीय तिलक सुनारले बताउनु भयो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा नहुँदा आफूहरू महङ्गो शुल्क  तिरेर निजि क्लिनिकमा जानु पर्ने बाध्यता रहेको सुनारले बताउनु भयो ।

सादा एक्सरे सेवाको लागि निजि क्लिनिकमा ६ सय रूपियाँ तिर्नुपर्ने बाध्यता रहेको सुनारले बताउनु भयो ।

स्वास्थ्य केन्द्रमा एक्सरे सेवा नभएपछि निजि क्लिनिकमा गएर महङ्गोमा उपचार गर्नु परेकोस्थानीय रितेस बुढाथोकीले बताउनु भयो ।

एक्सरे सेवा दिन रेडियो ग्राफर आवस्यक पर्ने र प्राथमिक स्वास्थ्य केन्द्रमा रेडियो ग्राफर नभएका कारण एक्सरे सेवा दिन नसकिएको अस्पतालका डाक्टर प्रकाश भारतीले बताउनु भयो । अस्पतालमा एक्सरे बाहेकका सेवाहरू नियमित रुपमा प्रवाह भइरहेको डाक्टर भारतीले बताउनु भयो ।

रेडियो ग्राफर नभएको र केन्द्रलेसमेत नपठाएपछि सेवा दिन नसकिएको सुनिल स्मृति गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोतिम आलमले बताउनु भयो ।

उक्त प्राथामिक स्वास्थ्य केन्द्रमा सुरूबाट नै  रेडियो ग्राफर नभएको र हाल गाउँपालिकाले विज्ञापन गर्ने तयारीमा रहेको आलमले बताउनु भयो ।

अन्य

भिडियो