४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मुगु जिल्ला खत्याड गाउँपालिका–४ का ५७ वर्षीय मोहन बानिया विरूद्ध पीडितले माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।
पीडितलाई आरोपितले माघ २१ गते बलात्कार गरेको भन्दै मुगु जिल्लाबाट समानुपातिक तर्फका प्रतिनिधि सभा सदस्यसमेत रहेका बानिया विरूद्ध उजुरी परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुसुधन न्यौपानेले बताउनु भयो ।
आफूसँग बनियाले २५ लाख रूपियाँ लिएको र उक्त रकम फिर्ता गर्छु भनेर नेपालगञ्जमा बोलाएर बलात्कार गरेको पीडितले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
आफूमाथि लगाएको आरोप गलत भएको आरोपितले बानियाले बताउनु भयो । पीडित महिलाबाट २ लाख ५० हजार रुपियाँ सापटी लिएको र उक्त विषयलाई लिएर आफूमाथि गलत आरोप लगाएको बानियाले बताउनु भयो ।
डिएसपी मधुसुधन न्यौपानेका अनुसार पीडितको उजुरी दर्ता गरी अदालतबाट पक्राउ पुर्जि र संसदबाट सहमति माग गरिएको छ ।
पीडितको स्वास्थ्य परीक्षण माघ २१ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको थियो ।