INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँसगढी नगरपालिका– ४ अस्नेरीका २९ वर्षीय बीरबहादुर रोकालाई माघ २६ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले माघ २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २७ गते इलाका प्रहरी कार्यालय  मोतिपुरमा उजुरी दिएका थिए ।

पीडित पक्षको मोखिक जानकारीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी  हेमबहादुर शाहीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ २७ गते बर्दिया अस्पताल गुलरियामा गरिएको छ ।

अन्य

भिडियो