INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका–४ का २५ वर्षीय प्रकास चौधरीलाई माघ २४ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले माघ २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २४ गते इलाका प्रहरी कार्यालय बानियाभारमा उजुरी दिएका थिए ।

पीडत पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बानियाभारका इन्स्पेक्टर गापिकृष्ण सुवेदीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ २३ गते गुलरिया अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो