चापाकोट नगरपालिका –७ पिपलछाप बस्ने २७ महिनाकी सुबिना ढकालको हत्या गरेको आरोपमा प्रहरीले सोही स्थानका ३८ वर्षीय बासुदेव ढकाललाई माघ १० गते गिरफ्तार गरेको छ ।
मृतकलाई आरोपितले माघ १० गते आँगनमा पटकपटक पछारी अचेत बनाई छाडेको भन्ने उजुरीपछि इलाका प्रहरी कार्यालय चापाकाेटबाट खटिएका प्रहरी टोलीले पीडितलाई उपचारको लागि रामपुर अस्पताल पाल्पा पठाएको जिल्ला प्रहरी कार्यालय स्याङजाका डिएसपी राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
उपचारमा खटिएका डाक्टरले अचेत सुबिनालाई सोही दिन मृत धोषणा गरेका थिए ।
आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।
शवको पोष्टमार्टम पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा माघ १० गते गरिएको छ ।