INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँ निकाला गरेको घटनाको कसुरमा दुई वर्ष कैद सजायको फैसला

बिगु गाउँपालिकाका एक दम्पतीलाई कथित बोक्साबोक्सी आरोप लगाउँदै गाउँ निकाला गरेको कसुरमा १३ जनालाई जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेको पुस २७ गतेको इजालशले जनही दुई वर्ष कैद र २० हजार जरिवानको फैसला सुनाएको छ ।

बिगु गाउँपालिका–५ का रत्नबहादुर श्रेष्ठ र पत्नी कृष्णकुमारी श्रेष्ठलाई ०७६ मङ्सिर १ गते बोक्साबोक्सी आरोप लगाउँदै सामाजिक बहिस्कार गरी पीडित दम्पतीद्वयलाई बोक्साबोक्सी हुँ भन्ने कागज बनाई स्थानीय १३ जनाले ल्याप्चे समेत गराएका थिए ।

न्यायाधीश न्यौपानको इजलासले मुख्य आरोपित ४६ वर्षीय रत्नबहादुर श्रेष्ठ सहित १३ जनालाई जनही दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तथा १ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने फैसला भएको अदालतका सूचना अधिकारी भीम पाण्डेले बताउनु भयो ।

पाण्डेकाका अनुसार कैद तथा जरिवानाको सजाय तोकिएकाहरूमा सोही वडाका ४१ वर्षीय खिलबहादुर मगर, ५३ वर्षीय तिर्थनारायण श्रेष्ठ, ३७ वर्षीय हरिध्वज मगर, २६ वर्षीय बुद्धराज मगर, ४७ वर्षीय तुलबहादुर मगर, ६५ वर्षीय छत्रबहादुर मगर, ३१ वर्षीय हिरालाल श्रेष्ठ रहेका छन् ।

यसैगरी ३४ वर्षीय ओमबहादुर श्रेष्ठ, ३५ वर्षीय तपेन्द्रबहादुर श्रेष्ठ, ४३ वर्षीय खड्गहादुर मगर, ३२ वर्षीय मानबहादुर श्रेष्ठ र २३ वर्षीय शेरबहादु श्रेष्ठ रहेका छन् ।

साथै जनही एकहजारका दरले पीडितलाई क्षतिपूर्ति दिनुपर्ने समेत फैसलामा उल्लेख गिरएको छ । सामाजिक बहिष्कार सहित बोक्साबोक्सीको आरोपविरुद्ध पीडित परिवारले ०७६ पुस १ गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

अन्य

भिडियो