१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत म्याग्दीले बेनी नगरपालिका–५ पुलाचौरका ४७ वर्षीय पहलबहादुर घर्तीलाई १४ वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश तेजनारायण पौडेलको पुस १४ गतेको इजालसले कसुर ठहर गर्दै १४ वर्ष कैद, ५० हजार रुपियाँ जरिबाना र २ हजार २ सय रुपियाँ पीडित सहायता कोषमा जम्मा गराउने फैसला गरेको जिल्ला सरकारी वकिल कार्यालयका ध्रुव पोखरेलले बताउनुभयो ।
पीडितलाई आरोपितले २०७७ जेठ २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध २०७७ असार १२ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिनुभएको थियो ।
पीडित पक्षको उजुरीपछि आरोपितलाई साेही दिन गिरफ्तार गरी उनीविरुद्ध साउन ५ गते जबरजस्ती करणी शीर्षक अन्तरगत मुद्दा दर्ता गरिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण असार १२ गते बेनी अस्पतालमा भयो ।
आरोपित जिल्ला अदालतको आदेशले साउन ५ गते देखि पुर्पक्षका लागि थुनामा थिए ।