INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा जन्मकैदको फैसला

३१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गोदावरी नगरपालिक–१० का ३६ वर्षीय देवबहादुर महतालाई जन्मकैद सजायको फैसला गरेको छ ।

पुस १४ गते जिल्ला अदालतका न्यायधीश टेकराज जोशीको इजलासले जन्मकैद सजायको फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार राइभान  कुञ्जेडाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडितलाई ०७७ फागुन १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध फागुन १९ गते इलाका प्रहरी कार्यालय, मालाखेतीमा उजुरी दिएका थिए ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत फागुन २० गते जिल्ला अदालतमा जवजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा  चैत १३ गते जिल्ला अदालतको थुनछेक वहसपछि आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण ०७७ फागुन १९ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

अन्य

भिडियो