INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रौतामाई गाँउपालिका‒५ का ३१ वर्षीय डिल्लीराम विश्वकर्मालाई पुस ५ गते १२ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश उत्तम सिलवालको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ६० हजार रुपियाँ जरिबानाको फैसला भएको अदालतले जनाएको छ ।

पीडित बालिकालाई आरोपितले ०७७ पुस १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरू पुस १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई पुस १७ गते गिरफ्तार गरेको थियो ।

आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा माघ ६ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालतका न्यायधीश उत्तम सिलवालको ०७७ माघ ७ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७७ पुस १७ गते गरिएको थियो ।

अन्य

भिडियो