मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच भएको झडपमा घाइते भएका सोनपुर गाविस-८का ७२ वर्षीय जमील भाटको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा चैत ५ गते मृत्यु भएको छ ।
सोनपुर गाविस-३ स्थित नेपालगञ्ज गुलरिया सडक खण्डमा चैत १ गते मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच भएको झडपमा भाटसहित १३ जना घाइते भएका थिए ।
तपलोपाका महामन्त्री पशुपति दयाल मिश्रले आन्दोलनको दिन झडपपछि प्रहरीले मृतकको घरमा पसी कुटपिट गरेको आरोप लगाएका छन् ।