२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा इन्द्रवती गाउपालिका–४ नवलपुरका ३५ वर्षीय ज्ञाने लामालाई प्रहरीले ०७८ मङ्सिर २१ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिकाबाट गिरफ्तार गरेको छ ।
पीडितलाई ०७७ माघ २ गते घरमा बसेका बेलामा बलात्कार प्रयास गरेको पीडितपक्षको आरोप छ ।

पीडितले आरोपितविरुद्ध ०७७ माघ ५ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको इलाका प्रहरी कार्यालय नवलपुरका इन्स्पेक्टर रमेशकुमार श्रेष्ठले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण ०७७ माघ ५ गते प्राथमिक अस्पताल नवलपुरमा गरियो ।
घटनापछि फरार भएका आरोपित लुकिछिपि बसेको अवस्थामा काठमाडौँबाट गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर श्रेष्ठले बताउनु भयो ।