INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा इन्द्रवती गाउपालिका–४ नवलपुरका ३५ वर्षीय ज्ञाने लामालाई प्रहरीले ०७८ मङ्सिर २१ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिकाबाट गिरफ्तार गरेको छ ।

पीडितलाई ०७७ माघ २ गते घरमा बसेका बेलामा बलात्कार प्रयास गरेको पीडितपक्षको आरोप छ ।

16 days campaignNepali

पीडितले आरोपितविरुद्ध ०७७ माघ ५ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको इलाका प्रहरी कार्यालय नवलपुरका इन्स्पेक्टर रमेशकुमार श्रेष्ठले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण ०७७ माघ ५ गते प्राथमिक अस्पताल नवलपुरमा गरियो ।

घटनापछि फरार भएका आरोपित लुकिछिपि बसेको अवस्थामा काठमाडौँबाट गिरफ्तार गरिएको  इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर श्रेष्ठले बताउनु भयो ।

अन्य

भिडियो