INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकद्वारा हिंसा पीडितलाई सहयोग प्रदान

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले मङ्सिर ५ गते वीरेन्द्रनगर नगरपालिका –४ कि ४७ वर्षीया घरेलु हिंसा पीडित अमृता चपाइँ ढकाललाई आर्थिक सहयोग प्रदान गरेको छ ।

मानव अधिकार सहायता कक्षको कात्तिक ११ गतेको सिफारिस अनुसार ढकाललाई कानुनी प्रक्रियामा सहयोग पुर्‍याउने उद्देश्यले ४ हजार रूपियाँ प्रदान गरिएको हो ।

रकम हस्तान्तरण गर्दै मानव अधिकार सहायता कक्षका सदस्य तथा अधिवक्ता गीता कोइरालाले हिंसामा परेका पीडितहरूलाई न्यायिक प्रक्रियामा जाँदा लाग्ने यात्रा तथा अन्य खर्चका लागि सहज होस भनेर सहयोग प्रदान गरिएको बताउनु भयो ।

पीडित ढकालले पतिले आफूलाई कुटपिट तथा मानसिक यातना दिएको, खान, लागाउन नदिएको भन्दै जिल्ला अदालतमा अंश र खाना खर्चसहित सम्बन्ध विच्छेदको मुद्दा लडिरहेको बताउनुभयो ।

हाल आफू ६ महिनादेखि हेमोफेलिया रोगबाट ग्रस्त १२ वर्षीय छोरासँग छुट्टै बसेको भन्दै उहाँले साउन २६ गते सहायता कक्षमा निवेदन दिनुभएको थियो ।

Photo20211122 Surkhet

अन्य

भिडियो