इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले मङ्सिर ३ गते वीरेन्द्रनगर नगरपालिका –१३ कि २६ वर्षीया घरेलु हिंसा पीडित जमुना रोकायलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
मानव अधिकार सहायता कक्षको कात्तिक ११ गतेको सिफारिस अनुसार रोकायलाई कानुनी प्रक्रियामा सहयोग पुर्याउने उद्देश्यले ४ हजार रूपियाँ प्रदान गरिएको हो ।
इन्सेक कार्यालयमा रकम हस्तान्तरण गर्दै इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले हिंसामा परेका पीडितहरूलाई न्यायिक प्रक्रियामा जाँदा लाग्ने यात्रा तथा अन्य खर्चका लागि सहज होस भनेर सहयोग प्रदान गरिएको बताउनु भयो ।
पीडित रोकायले नेपाली सेनामा कार्यरत पतिले आफूलाई कुटपिट गर्ने, घरबाट निस्के भन्ने गरेको र पछिल्लो समय सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेपछि आफू छोरीसँग माइतीमा बसेको भन्दै कात्तिक ३ गते सहायता कक्षमा निवेदन दिनु भएको थियो ।
