६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गदै जिल्ला अदालतले कात्तिक २८ गते १७ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैदको फैसाला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको इजलासले १२ वर्ष ६ महिना कैद र २५ हजार रुपियाँ क्षतिपूर्तीको फैसला गरेको जिल्ला अदालतका अधिकृत तुलबहादुर गुरूङले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७७ असोज १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
प्रहरीले आरोपितलाई असोज १४ गते घरबाट गिरफ्तार गरी असोज २९ गते जिल्ला अदालतमा जबरजस्ती करणीको अभियोगमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतको ०७७ कात्तिक २ गतेको आदेशले आरोपितलाई भक्तपुर बाल सुधार गृहमा पठाएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण असोज १४ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको थियो ।