३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मुसिकोट नगरपालिका– ८ का ४७ वर्षीय चन्द्रे सार्कीलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०७८ भदौ १७ गते बलात्कार पछि फरार रहेका आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तम पाण्डेयले जानकारी दिनुभयो ।
पीडित परिवारले घटनाका विषयमा भदौ २१ गते जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दर्ता गराएका थिए ।
पीडित पक्षको उजुरी आधारमा खोजतलास गर्ने क्रममा दुई महिनापछि घर नजिकै लुकिछिपी बसेको अवस्थामा गिरफ्तार गरिएको डिएसपी पाण्डेयले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २१ गते गुल्मी अस्पतालमा गरिएको थियो ।