INSEC Online

📅 २०८३ जेष्ठ २१

सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेको आरोपमा पाँच जना गिरफ्तार 

कानुन व्यवसायीले गरेको आन्दोलन बन्द हुनुपर्ने माग गर्दै सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले कात्तिक २६ गते चार जना महिला र एक जना पुरुषलाई गिरफ्तार गरेको छ  ।

प्रहरीले काठमाडौँ महानगरपालिका–१ की ४५ वर्षीया मेनुका दङ्गाल, काठमाडौँ महानगरपालिका–७ का राजेश लिम्बु, काठमाडौँ महानगरपालिका–१३ की इश्वरी भट्टराई,  काठमाडौँ महानगरपालिका–१० बुद्धनगरकी ३७ वर्षीया तारा बराल र ४० वर्षीया उषा किराँतलाई गिरफ्तार गरी नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखेको जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको समर्थनमा आएर नारा लगाएका उनीहरूले सर्वोच्च अदालतको मुख्य गेट अगाडि धर्ना बसिरहेका कानुन व्यवसायीविरुद्ध नाराबाजी गर्दै वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीलाई दुर्व्यवहार गरेको त्रिपाठीको आरोप छ ।

त्रिपाठीलाई दुर्व्यवहार गरेपछि कानुन व्यवसायी र उक्त समूहबिच झडपको स्थिति आएको र उक्त अवस्थालाई सामान्य बनाउन गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो