INSEC Online

📅 २०८३ जेष्ठ २२

पतिको कुटपिटबाट गम्भीर घाइते

गुर्भाकोट नगरपालिका–६ रातमाटेकी २२ वर्षीया राधीका विकलाइ २२ वर्षीय पति कर्णबहादुर बस्यालले कात्तिक २५ गते कुटपिट गरेर गम्भीर घाइते बनाएका छन् ।

भेरीगङ्गा नगरपालिका काठेघाडी बस्ने बस्यालले पत्नीलाई कुटपिट गरेर फरार रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

कुटपिट गरेको जानकारी पाएलगत्तै प्रहरी चौकी मेहेलकुनाको टोलीले घाइते राधिकालाई मेहलकुना अस्पताल ल्याएको उहाँको भनाइ छ ।

घाइतेलाई टाउको र ढाडमा धेरै चोट लागेको र प्राथमिक उपचार पछि थप उपचारका लागि २५ गते नै नेपालगञ्ज रिफर गरिएको मेहेलकुना अस्पतालका डाक्टर विवेक शाहले बताउनुभयो ।

आरोपित बस्यालको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

अन्य

भिडियो