INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले गोकर्णेश्वर नगरपालिका–३ गुठगाउँका २० वर्षीय निमा तामाङविरुद्ध महानगरीय प्रहरी वृत्त बौद्धमा कात्तिक २४ गते उजुरी दिएको छ ।

पीडित युवतीका आफन्तले प्रहरीमा दिएको उजुरीमा आरोपितले पीडितलाई कात्तिक २३ गते जगडोल पार्कमा यौन दुर्व्यवहार गरेको उल्लेख छ ।

घटना लगत्तै आरोपित फरार भएकाले खोजी कार्य भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिनुभयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण थापाथलीस्थित प्रसूति गृहमा कात्तिक २४ गते गरिएको छ ।

 

अन्य

भिडियो