२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडितले महाराजगञ्ज नगरपालिका –१ का ३५ वर्षीय योगेन्द्र चौधरी कुर्मी विरूद्ध कात्तिक २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।
पीडितलाई आरोपितले कात्तिक १६ गते बलात्कार गरेको भन्दै उजुरी आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले बताउनु भयो । आरोपित घटना पछि फरार भएकोले खोजी भइरहेको डिएसपी भण्डारीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक २१ गते कपिलवस्तु अस्पताल, तौलिहवामा गरिएको छ ।