INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले १७ वर्षीय बालकलाई कात्तिक २२ गते मध्यपहाडी लोकमार्गको बागलुङ–गलकोट सडकखण्डबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक १९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक २३ गते लिखित उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी इकवाल हवारीले इन्सेक जिल्ला प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २२ गते धौलागिरी अस्पताल बागलुङमा गरिएको छ ।

अन्य

भिडियो