INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

४८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मैते लामा गोलेलाई कात्तिक १७ गते तिपेनी बजारबाट गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक २ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक ५ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी गरेको जिल्ला प्रहरी कार्यालयका हवल्दार दिनेश लामाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक ५ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा गरिएको छ ।

अन्य

भिडियो