INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका हत्या घटनाका दोषि पत्ता लगाउन माग राख्दै प्रदर्शन

खाँडाचक्र नपा–६ निवासी १४ बर्षीया बालिका निरू विकको हत्या भएको दुई महिनापछि हत्यारा पत्ता लगाउन नसकेको भन्दै कालिकोटमा कात्तिक ११ गते प्रदर्शन भएको छ ।

राष्ट्रिय दलित महिला संघको अगुवाइमा दलित अधिकारकर्मीहरूले जिल्ला सदरमुकाम मान्ममा बिरोध प्रर्दशन गरिएको हो । भदौ ३ गते हराएकीे बालिकाको लास भदौ ६ गते घर नजिकैको मकैबारीमा भेटिएको थियो ।

हत्या भएको दुई महिना बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसकेको हुनाले बिरोध प्रदर्शन गर्नु परेको दलित महिला संघका केन्द्रीय अध्यक्ष सरू सुनारले बताउनु भयो । उहाँले दलित अधिकारकर्मीहरूको टोलीले बुधवार घटनास्थल दाहाँमा पुगेर स्थलगत अध्ययनसमेत गरेको बताउनुभयो ।

स्थलगत अध्यान गरेर बिहिबार सदमरुकाम मान्ममा दोषि  पत्ता लगाउन माग राख्दै प्लेकार्ड, मृतकको फोटो राखेको फोटो राखेको ब्यानरसहित  प्रर्दशन गरिएको थियो ।

निरूको हत्या घटनाको अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरी र जिल्ला प्रहरी लागि परेको जिल्ला प्रहरी कालिकोटका डिएसपी चक्रबहादुर शाहले बताउनुभयो ।

उहाँका अनुसार घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ तर, किटानी गर्नको लागि प्रमाण भने भेटाउन सकिएको छैन ।

डिएसपी शाहले घटनाको अनुसन्धान गर्नको लागि परिस्थिति सहज बनाउन  सहजिकरण गरिदिन इन्सेक प्रतिनिधि लगायतका मानव अधिकाकर्मीसँग आग्रह गर्नु भयो ।

Photo20211101Kalikot

अन्य

भिडियो