१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा महाशिला गाउँपालिकाका २३ वर्षीय पुरूषलाई जिल्ला अदालत पर्वतले १ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश बलराम त्रिपाठीको कात्तिक १४ गतेको इजलासले कसुर ठहर गर्दै १ वर्ष ६ महिना कैद र १० हजार रुपियाँ जरिबाना सहित पीडितलाई १० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार रामबहादुर थापाले जानकारी दिनुभयो ।
पीडितलाई नातेदार आरोपितले ०७७ पुस १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएकाे थियाे ।
पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई ०७७ पुस १९ गते गिरफ्तार गरी जिल्ला अदालत पर्वतमा जबरजस्ती करणी शीर्षक अन्तर्गत मुद्दा दर्ता गरेको थियो ।