INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलुहिंसा पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग

कैलारी गाउँपालिका–७ भुइँयाफाटाकी ३१ वर्षीया घरेलु हिंसा पीडित विमला चौधरीलाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीद्वारा कात्तिक १५ गते आर्थिक सहयोग गरेको छ ।

घरेलु हिंसा पीडित चौधरीलाई कैलारी गाउँपालिकास्तरीय मानव अधिकार रक्षक सञ्जाल समितिको सिफारिसमा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खड्क राज जोशीले १० हजार रूपियाँ आर्थिक सहयोग प्रदान गर्नु भएको हो ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले आर्थिक अभावका कारण यातायात खर्च समेत जुटाउन नसक्दा पीडितहरुलाई न्याय पाउन समस्या भइरहेकोले पीडित चौधरीले समान्य आर्थिक अभावकै कारण न्याय पाउनबाट वञ्चित हुन नपरोस भनेर सहयोग गरिएको बताउनु भयो ।

भजनी नगरपालिका–९ का ३२ वर्षीय किसोर चौधरीसँग विवाह गरेपछि पतीले पटकपटक कुटपिट गर्ने र गालिगलौज गरी घर निकाला गर्दै आएकाले हिंसा सहन नसकेर न्यायका लागि जिल्ला अदालत, कैलालीमा अंश मुद्दा दर्ता गरेको पीडित चौधरीले दुखेसो पोख्नु भयो ।

आर्थिक अभावका कारण मुद्दा लड्न नसक्ने अवस्थामा भएकोले न्यायिक प्रक्रियाका लागि आर्थिक सहयोग गरिदिन पीडितले कैलारी गाउँपालिकास्तरीय मानव अधिकार रक्षक सञ्जाल समितिमा भदौ ७ गते निवेदन दिनु भएकोले इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयलाई सिफारिस गरिएको मानव अधिकार रक्षक सञ्जाल समितिका अध्यक्ष सन्तराम डगौराले बताउनु भयो ।

photo202101kailali

 

अन्य

भिडियो