INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका फरार कसुरदार गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालतले कसुरदार ठहर गरेका कोहलपुर नगरपालिका –१३ सिमरीका ३७ वर्षीय छविलाल रासकोटीलाई प्रहरीले कात्तिक ४ गते गिरफ्तार गरेको छ ।

जिल्ला अदालतले यौन दुरूपयोग मुद्दामा सजाय सुनाएका फरार आरेपितलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घरबाट  गिरफ्तार गरेर कात्तिक ४ गते जिल्ला अदालत बाँकेमा बुझाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुसुधन न्यौपानेले  बताउनु भयो ।

जिल्ला अदालतले ०७७ माघ २८ गते बाल यौन दुरूपयोग कसुर ठहर गर्दै आरोपितलाई  ३ वर्ष कैद र ३ हजार रुपियाँ जरिवाना फैसला गरेको थियो ।

पीडितलाई आरोपितले ०७५ चैत ११ बलात्कार गरेको भन्दै पीडितपक्षले सोही दिन इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएका थिए ।

घटना पछि फरार रहेका आरोपित उपर इलाका प्रहरी कार्यालय कोहलपुरले बाल यौन दुरूपयोग कसुरमा मुद्दा चलाएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण ०७५ चैत ११  गते भेरी अस्पताल नेपालगञ्जमा गरिएको  थियो ।

अन्य

भिडियो