१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–१४ गङ्गावस्तीका ३३ वर्षीय पुरन भनिने तेजबहादुर थापालाई असोज १२ गते बर्दघाटबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असोज ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर कृष्णप्रसाद ज्ञवालीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज ११ गते पृथ्वीचन्द्र अस्पतालमा गरिएको छ ।