INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

कोहलपुर नगरपालिका–३ की ३५ वर्षीया लक्ष्मीरूपा न्यौपानेको हत्या गरेको आरोपमा प्रहरीले मृतकका पति ३४ वर्षीय प्रकाश न्यौपानेलाई  असोज १०  गते गिरफ्तार गरेको छ ।

पत्नीलाई आरोपितले  असोज ८ गते मादक पदार्थ सेवन गरी भएको झगडामा कुटपिट गरेको र धकेलेपछि टाउकोमा चोट लागेको थियो । घाइतेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा असोज ९ गते मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका असइ शेरबहादुर बारघरेले बताउनु भयो ।

मृतकका माइती पक्षले असोज १० गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई कोहलपुरबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको असइ बारघरेले बताउनु भयो ।

शवको पोष्टमार्टम असोज १० गते भेरी अस्पताल नेपालगञ्जमा गरिएको छ ।

अन्य

भिडियो