INSEC Online

📅 २०८३ जेष्ठ २१

गैर सरकारी संस्थाहरूलाई एकद्वार प्रणालीबाट नियमन गर्नुपर्नेमा सरोकारवालाहरूको जोड

गैरसरकारी संस्थामा क्रियाशील बिभिन्न संस्थाका प्रतिनिधिहरूले राज्यले गैरसरकारी संस्थालाई नियमन गर्ने प्रक्रियामा एकद्वार प्रणाली लागु गर्नुपर्नेमा जोड दिएका छन् ।

अनौपचारिकसेवा केन्द्र (इन्सेक) ले ०७८ असोज ७ गते काठमाडौँमा योजना गरेको नागरिक समाजसँग सम्बन्धित विद्यमान कानुन र नीतिहरूको वर्तमान अवस्था र चुनौतिहरू विषयक कार्यक्रममा बोल्दै सरोकारवालाले उक्त कुरामा जोड दिएका हुन् ।

कार्यक्रमका अध्यक्षता गर्नु भएकी इन्सेककी अPhoto20210823Kathmandu1ध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले सरकार र नागरिक समाज एक अर्काको पर्याय रहेकाले सहयोगी हातका रूपमा कम गर्नुपर्ने बताउनुभयो ।

नीति निर्माण तहमा रहेका समस्या र चुनौतिहरूबाट मुक्त हुन् राज्यका बिभिन्न तहका संरचना, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषदसँग गैरसरकारी संस्थाहरूले समन्वय र सहकार्य गर्नुपर्ने उहाँको भनाई थियो ।

अन्तरक्रिया कार्यक्रममार्फत आएका सुझाब र निस्कर्षहरूलाई समेटेर जिम्मेवार निकायहरूसँग बसेर छलफल गर्ने डाक्टर श्रेष्ठले बताउनु भयो ।

इन्सेक कार्यसमिति सदस्य शोभाकर बुढाथोकीले राज्यले सङ्घ संस्थालाई नियमनको सट्टा नियन्त्रण गरेको हुनाले वर्तमान समस्या निम्तिएको बताउनुभयो ।

उहाँले केही संस्था बैचारिक रुपमा राजनीतिक दलको भातृ सङ्गठनको रुपमा काम गरिदिँदा समग्र गैर सरकारी क्षेत्र बदनाम भएको जनाउनु भयो ।

Photo20210823Kathmanduकार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले लामो समयदेखि नागरिक समाजले भोगेका चुनौती र समस्यालाई कसरी समाधान गर्ने भन्ने बिषयमा सामुहिक छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा इन्सेकका तर्फबाट श्रीराम ढकालले नेपालको समकालीन कानून, नीति र नेपाली नागरिक समाज बिषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

नागरिक सङ्घ संस्था बलियो भएन भने राज्य निरंकुश बन्ने बताउँदै उहाँले नेपालको संविधानले सङ्घ संस्था खोल्न पाउने र कानुनले तोकेबमोजिम क्रियाकलाप गर्न पाउने अधिकार मौलिक हकमा राखे पनि राज्यका निकायहरूले व्यवहारमा त्यो कुरा लागु नगरेको बताउनु भयो ।

कार्यक्रममा सहभागी एटवीनकी उपाध्यक्ष सीता पौडेलले नागरिक समाज राज्यको सहयोगी भूमिकामा रहेता पनि राज्यले आफुहरूलाई दुस्मनी व्यवहार गरेको बताउनुभयो । त्यस्तै, सिवीन नेपालका प्रतिनिधि ध्रुब गौतमले राज्यको नितिमा नागरिक समाजको अवस्था खुम्चिंदै गएको नदेखिए तापनि घरेलु कानुन र राज्यका जिम्मेवार निकायमा बस्ने व्यक्तिको लुकेको चासोले गर्दा नागरिक समाज र गैर सरकारी संस्थाले दुख पाइरहेको बताउनुभयो ।

चाइल्ड नेपालका अध्यक्ष कृष्ण सुवेदीले गैरसरकारी संस्थाको पैसा लिएर उसकै कार्यक्रमको अनुगमन गर्ने कुरा राज्यको बदमासी भएको जनाउनु भयो । उहाँले पेरिस सिद्धान्तको आधारमा समाज कल्याण परिषदले संस्थाहरू अनुगमन गर्नुपर्ने माग गर्नुभयो ।

कार्यक्रममा महिला अपाङ्ग महासंघकी उपाध्यक्ष निर्मला धितालले सबै प्रक्रिया पुरा गरेर जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषदमा संस्था दर्ता र नविकरण गर्न जाँदा पनि कर्मचारीले फाइल अड्काएर दुख दिने गरेको बताउनुभयो ।

उहाँले अन्तरास्ट्रिय गैर सरकारी संस्थाले स्वदेशी गैर सरकारी संस्थालाई सहयोगीको रुपमा लिने तर काम आफै गर्ने हुँदा स्थानीय गैर सरकारी संस्थाको वृत्ति बिकासमा असर परेको उल्लेख गर्नु भयो ।

गैसस महासङ्घ काठमाडौँ जिल्ला शाखाका अध्यक्ष प्रदिप डङ्गोलले गैर सरकारी संस्थामा कम गर्ने व्यक्तिले अभियन्ता र जागिरेबीचको भिन्नता छुट्याउन सक्नुपर्ने बताउनुभयो ।

नागरिक समाजबाट सरकारको निकायहरूमा प्रतिनिधित्व गर्ने सदस्यहरूले नागरिक समाजको समस्याको बारेमा बोल्नुपर्नेमा उहाँको जोड थियो ।

अन्य

भिडियो