१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १५ वर्षीय बालकलाई असोज ५ गते ६ वर्ष आठ महिना कैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश श्यामलाल घिमिरेको इजलासले ६ वर्ष ८ महिना कैद र १५ हजार रुपियाँ क्षतिपुर्ती पीडितलाई भराउने गरी फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार बिरेन्द्रप्रकास खडकाले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७७ फागुन १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
प्रहरीले आरोपितलाई फागुन १९ गते घरबाट गिरफ्तार गरी जबरजस्ती करणी अभियोगमा फागुन २८ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतले चैत ४ गते आरोपितलाई पुर्पक्षकालागि भक्तपुर सुधार गृहमा पठाएको थियो । जिल्ला अदालतले जबरजस्ती करणीको मुद्दामा आंशिक दावी पुग्ने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार खडकाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन १९ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको थियो ।