INSEC Online

📅 २०८३ जेष्ठ २१

न्याय प्राप्तिको माग गर्ने क्रममा मृत्युवरण गरेका अधिकारीको सम्झनामा सातौँ वार्षिकी कार्यक्रम

द्वन्द्वका क्रममा तत्कालीन माओादीले छोराको हत्या गरेको घटनाका आरोपितलाई कानुनी दायरमा ल्याउनु पर्ने माग राख्दै अनसनमा बसेका बखत मृत्यु भएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको सम्झनामा असोज ६ गते काठमाडौँको वीर अस्पताल परिसरमा सातौँ वार्षिकी कार्यक्रम योजना सम्पन्न भएको छ ।

नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते न्याय प्राप्तिको लागि अनशनकै क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो ।

कार्यक्रममा स्वर्गीय नन्दप्रसाद अधिकारीकी पत्नी गंगामायां अधिकारी लगायत नागरिक समाजक सदस्य र विभिन्न मानव अधिकारवादी संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

सातौँ वार्षिक श्रद्धान्जली सभालाई सम्बोधन गर्दै स्वर्गीय नन्दप्रसाद अधिकारीकी पत्नी गंगामाया अधिकारीले २०६१ साल जेठ २४ गते चितवनको रत्ननगर नगरपालिकाको बकुलहर चोकमा तत्कालिन विद्रोही माओवादीद्वारा हत्या गरिएका आफ्ना छोरा कृष्णप्रसाद अधिकारीका हत्याराहरू कानुनी कठघरामा नआएसम्म आफु न्यायका लागि निरन्तर लडिरहने बताउनुभयो ।

उहाँले राज्य पक्षबाट झुठा आश्वाशन र ढिलासुस्ती मात्र पाइरहेको बताउँदै नेपालमा न्याय पाइन्छ भन्ने आशा मरेपछि कानुन व्यवसायीको पहलमा आफ्नो छोराको हत्या तथा पतिको मृत्युको विषयमा संयुक्त राष्ट्रसङ्घको मानव अधिकार समिति समक्ष उजुरी दिएको बताउनु भयो ।

जस्टिस फर ह्युमन राइट्सका अध्यक्ष इन्द्र अर्यालले गंगामायाको न्यायको लडाईंमा नागरिक समाज तथा सम्पूर्ण मानव अधिकारकर्मीहरूको सदैव साथ र सहयोग रहने बताउनुभयो ।

यसै गरी द्वन्द्व पीडित सावित्रा श्रेष्ठले अब छोराको न्यायको लागि गंगामायाले अस्पतालको बेडबाट बाहिर निस्केर कानुनी लडाईं लड्नुपर्ने बताउनु भयो ।

photo20210922kathmandu (2)

न्यायको लागि आन्दोलनरत नन्दप्रसाद र गंगामाया अधिकारीको थप जानकारी यहाँ हेर्नसक्नु हुन्छ ।

अन्य

भिडियो