घरमा पत्नी हुँदाहुँदै बहुविवाह गरेको कसुरमा काभ्रे-७ का ३८ वर्षीय यमलाल जिसी र उनकी कान्छी पत्नी त्रिपुर नपा-२ की २५ वर्षीया अस्मिता वलीलाई जिल्ला अदालतले जनही एक/एक वर्षकैद तथा ५/५ हजार रुपियाँ जरिबाना गर्ने फैसला गरेको छ ।
न्यायाधीश चुरामण खड्काको इजलासले फागुन १७ गते जिसी र वलीलाई एक वर्षकैद फैसला गरेको श्रेष्तेदार गम्भीर रानाले जानकारी दिए ।
काभ्रे गाविस-७ की ३० वर्षीया बालिका जिसीले आफू घरमा हुँदाहुँदै पति यमलालले ०७३ भदौ १९ गते अस्मिता वलीसँग बहुविवाह गरेको भन्दै ०७३ असोज ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
प्रहरीले आरोपित दुवै जनालाई कार्तिक १ गते गिरफ्तार गरी मुद्दा चलाएकोमा जिल्ला अदालतले कार्तिक ८ गते प्रतिव्यक्ति २५/२५ हजार रुपियाँ धरौटीमा रिहा गरेको थियो ।