INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भानु नगरपालिका–९ का २७ वर्षीय श्रवणकुमार श्रेष्ठलाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको भदौ १८ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई सात वर्ष कैद र ६० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले बताउनुभयो ।

पीडितलाई आरोपितले ०७६ फागुन ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध फागुन १९ गते जिल्ला प्रहरी कार्यालयमा तनहुँमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई चैत ३ गते गिरफ्तार गरेको थियो ।

आरोपित  जिल्ला अदालत तनहुँकाे आदेशले ०७६ चैत ३० गतेदेखि पुर्पक्षको लागि थुनामा थिए ।

अन्य

भिडियो