मेलुङ गाउँपालिकाका अध्यक्ष नरबाहादुर श्रेठले आफूलाई दुर्व्यवहार गरेको भन्दै सोही गाउँपालिका–३ मुकुनेका ५० वर्षीय मानबाहादुर तमाङ थोकरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७८ भदौ १७ गते उजुरी दिनु भएको छ ।
अध्यक्ष श्रेष्ठले दिएको उजुरीमा मानबहादुरले भदौ ११ गते सार्वजनिक स्थलमा कठालो समाति हातपात गरी दुर्व्यवहार गरेको उल्लेख छ ।
यसैगरी सोही गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारी २५ वर्षीय विष्णु जिरेल र २८ वर्षीय भीमबाहादुर पाण्डेले पनि सोही गाउँपालिका–३ कै प्रशान्त तमाङ थोकरले दुर्व्यवहार गरेको भन्दै भदौ १७ गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।
अध्यक्ष श्रेष्ठले मानबाहादुर र दुई जना कर्मचारीले प्रशान्तविरुद्ध कारबाहीको माग गर्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले बताउनु भयो ।