INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँपालिकाका अध्यक्षमाथि भएको दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

मेलुङ गाउँपालिकाका अध्यक्ष नरबाहादुर श्रेठले आफूलाई दुर्व्यवहार गरेको भन्दै सोही गाउँपालिका–३ मुकुनेका ५० वर्षीय मानबाहादुर तमाङ थोकरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७८ भदौ १७ गते उजुरी दिनु भएको छ ।

अध्यक्ष श्रेष्ठले दिएको उजुरीमा मानबहादुरले भदौ ११ गते सार्वजनिक स्थलमा कठालो समाति हातपात गरी दुर्व्यवहार गरेको उल्लेख छ ।

यसैगरी सोही गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारी २५ वर्षीय विष्णु जिरेल र  २८ वर्षीय भीमबाहादुर पाण्डेले पनि सोही गाउँपालिका–३ कै प्रशान्त तमाङ थोकरले दुर्व्यवहार गरेको भन्दै भदौ १७ गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।

अध्यक्ष श्रेष्ठले मानबाहादुर र दुई जना कर्मचारीले प्रशान्तविरुद्ध कारबाहीको माग गर्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले बताउनु भयो ।

अन्य

भिडियो