१८ वर्षीया सुस्त मनस्थिति भएकी युवतिलाईलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका– १ का २० वर्षीय सागर नेपाली र १८ वर्षीय नवराज वलीलाई भदौ १० गते शान्तिनगरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितद्वयले भदौ ८ गते घर नजिकै जङ्गलमा लगेर बलात्कार गरेको भन्दै पीडितपक्षले भदौ ९ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितहरूलाई गिरफ्तार गरी अनुसन्धान भइहेको डिएसपी श्यामु अर्यालले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ ९ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।