३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडितपक्षले सल्यान जिल्ला बागचौर नगरपालिका–६ घर भई तुलसीपुर उप–महानगरपालिका–५ बस्दै आएका ३६ वर्षीय चन्द्रबहादुर चन्द विरूद्ध भदौ ९ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले भदौ ४ गते बलात्कार गरेको भन्दै पीडितपक्षले उजुरी दिएको डिएसपी श्यामु अर्यालले बताउनु भयो । घटनाको अनुसन्धान र आरोपितको खोजी भइरहेको डिएसपी अर्यालले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ ९ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।