INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुद्धभूमि नगरपालिका–३ दुबियाका ६५ वर्षीय चन्द्रमणी पाण्डेलाई भदौ १ गते गिरफ्तार गरेको छ ।

 पीडितलाई आरोपितले साउन ३२ गते थान सामुदायिक बनमा बाख्रा चराउन गएको समयमा  बलात्कार गरेको भन्दै पीडितपक्षले सोही दिन इलाका प्रहरी कार्यालय, गोरूसिङ्गेमा उजुरी दिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण साउन ३२ गते कपिलवस्तु अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो