६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रूण्टीगढी गाउँपालिका–४ का ४० वर्षीय टीकाराम सुनारलाई साउन २९ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले साउन २७ गते बलात्कार गरेको भन्दै पीडितपक्षले साउन २९ गते इलाका प्रहरी कार्यालय, होलेरीमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेजराज सुवेदीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ३० गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरिएको छ ।