INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

मकवानपुरको हेटैँडा उपमहानगरपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–८ गौरीघाटमा बस्ने २३ वर्षीया रञ्जना तामाङको साउन २७ गते हत्या गरेको आरोपमा पति ३९ वर्षीय राम श्रेष्ठलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको छ ।

श्रेष्ठ आफैंले प्रहरीको हटलाइन १०० नम्बरमा फोन गरेर आफूले पत्नीको हत्या गरेको जानकारी दिएको महानगरी प्रहरी वृत गौशालाले जनायो ।

आरोपितले फोन गरेपछि प्रहरी टोली घटनास्थल पुग्दा कोठाभित्र चुकुल लगाएर बसेको अवस्थामा श्रेष्ठ र ओछ्यानमा रञ्जनाको शव भेटिएको महानगरीय प्रहरी वृत गौशालाका डिएसपी केशव भट्टराईले बताउनु भयो ।

पत्नीसँग विवाद हुँदा आफूले घाँटी थिचेर हत्या गरेको भनेर श्रेष्ठले स्वीकारेको डिएसपी भट्टराईले जानकारी दिनुभयो । शवको पोष्टमार्टम साउन २८ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भयो ।

अन्य

भिडियो