धनुषाधाम नपा–४ निवासी माओवादी केन्द्रकी कार्यकर्ता धनुषाधाम नपा–४ की वडा सदस्य ३० वर्षीया रेखादेवी महरा, सोही ठाउँका ४५ वर्षीय श्रीचन महरा, २२ वर्षीया हिरा महरा, २० वर्षीय ओपिन महरा, १६ वर्षीया उर्मिला महरालाई घरमै प्रवेश गरेर सोही ठाउँका नेकपा एमालेका कार्यकर्ता ४५ वर्षीय विजय यादव, ४७ वर्षीय धनेश यादव, २८ वर्षीय शत्रुधन यादव, २७ वर्षीय महन्जी यादव, २५ वर्षीय संजय यादव, २७ वर्षीय कृष्णा यादव, ३५ वर्षीय श्रीप्रसाद पण्डितले कुटपिट गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय धनुषाधाममा साउन २० गते उजुरी दिएको छ ।
धनुषाधाम नपा–४ मा राजनीतिक प्रतिशोध राखी नेकपा एमालेका नेता÷कार्यकताहरूले माओवादीका कार्यकर्तालाई साउन १९ गते कुटपिट गरेको पीडितहरूको आरोप छ ।
आरोपितहरूले घरमै प्रवेश गरेर कुटपिट गरेको पीडित राजकिशोर महराको आरोप छ । जग्गा विवादको बहानामा राजनीतिक प्रतिशोध राखेर कुटपिट गरेको पीडित रेखादेवी महराले आरोप लगाउनु भएको छ ।
कुटपिटका कारण घाइते भएकाहरूको उपचार साउन १९ गते प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ ।
पीडित पक्षले उजुरी दिएको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धनुषाधामका इन्स्पेक्टर सुरेश ठाकुरले बताउनु भयो ।