INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

शान्तिनगर गाउँपालिका–४ की ६९ वर्षीया भागवती न्यौपानेको हत्या गरेको आरोपमा प्रहरीले  ७५ वर्षीय पति मोहनलाल न्यौपानेलाई साउन १० गते गिरफ्तार गरेको छ ।

भागवतीलाई आरोपितले साउन ८ गते घरायसी विवादमा कुटपिट गर्दा घाइते भएकी न्यौपानेको उपचारको क्रममा साउन १० गते कोहलपुर मेडिकल कलेज, बाँकेमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।

भागवतीको छातिमा चोट लागेका कारण  रगत बान्ता गरेपछि साउन  ९ गते कोहलपुर लगिएको थियो । मृतकपक्षले उजुरी नदिएको भएपनि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको डिएसपी आर्यालले बताउनु भयो ।

शवको पोष्टमार्टम भेरी अस्पताल नेपालगञ्जमा साउन ११ गते गरिएको छ ।

 

अन्य

भिडियो