INSEC Online

📅 २०८३ जेष्ठ २१

बहुविवाह गरेको कसुरमा एक/एक वर्षकैदको फैसला

बहुविवाह गरेको ठहर सहित तानसेन नगरपालिका-१४ सुन्दरगाउँका २८ वर्षीय निरञ्जन बलाल र सोही ठाउँकी २७ वर्षीया रीता थापालाई जिल्ला अदालत पाल्पाले जनही एक/एक वर्षकैदको फैसला सुनाएको छ ।

फागुन ८ गते न्यायाधीश डिल्लीरमण तिवारीको इजलासले सो कैदसहित ५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको जिल्ला अदालत पाल्पाका श्रेस्तेदार सुवर्ण खनालले जानकारी दिए ।

आरोपितद्वयले ०७२ माघ १२ गते बहुविवाह गरेको भन्दै निरञ्जनकी जेठी पत्नी २८ वर्षीया रीता बलालले फागुन ६ गते प्रहरीमा उजुरी दिएकी थिइन् । आरोपितद्वयले फागुन ६ गते नै प्रहरीले गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो