INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला कारागारमा महिला थुनुवाको मृत्यु

जिल्ला कारागार लमजुङमा एक महिला थुनुवाको असार २५ गते मृत्यु भएको छ ।

जिल्ला अदालतको आदेशले कर्तव्य ज्यान मुद्दामा वैशाख २४ गते देखि पुर्पक्षको लागि कारागारमा रहेकी दुधपोखरी गाउँपालिका–३ की ४८ वर्षीया फुलमायाँ विकले असार २५ गते बिहान ४ बजे आत्महत्या गरेको जिल्ला कारागार लमजुङका जेलर जगदीश मिश्रले बताउनुभयो ।

मृतकले कारागारको शौचालयको देवलमा तन्ना बेरी झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी कृष्णबहादुर कार्कीले बताउनुभयो ।

सात वर्षीय छिमेकी बालकलाई ऐना फुटाएको निहुँमा कुटपिट गर्ने क्रममा बालकको वैशाख १ गते मृत्यु भएपछि उनलाई कर्तव्य ज्यानको आरोपमा थुनामा राखिएको उहाँले बताउनुभयो ।

आत्महत्याको विषयमा अनुसन्धान भइरहेको डिएसपी कार्कीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

कारागारमा सुरक्षा व्यवस्थित भएतापनि जिल्ला कारागारमा यस्तो घटना पहिलोपटक घटेको लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईटेलले बताउनुभयो ।

शवको पोष्टमार्टम लमजुङ जिल्ला अस्पतालमा असार २५ गते गरी आफन्तलाई जिम्मा लगाइएको जिल्ला कारागार प्रशासन प्रमुख जेलर जगदिश मिश्रले बताउनुभयो ।

अन्य

भिडियो