१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असार १७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले याैन दुर्व्यवहार गरेको भनी स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले घटनास्थलबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी अनुपम श्रेष्ठले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
आरोपितको कुटपिटबाट पीडित बालिकाको मुख र जिउमा चोट लागेको भन्दै पीडित पक्षले असार १८ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएको डिएसपी श्रेष्ठले बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण र उपचार असार १८ गते दैलेख अस्पतालमा गरिएको डाक्टर सुशीला कटुवालले बताउनुभयो ।