INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षबाट स्वास्थ्यकर्मीको हत्या गरेको पीडित पक्षको आरोप

परशुराम नगरपालिका–८ जमारानी आधारभूत स्वास्थ्य ईकाइ केन्द्र, जमरानीमा कार्यरत कर्मचारी २६ वर्षीया अस्मिता धामीको अज्ञात पक्षबाट हत्या गरिएको पीडित पक्षको आरोप छ ।

असार २ गते आधारभूत स्वास्थ्य इकाई केन्द्र, जमरानीबाट कोभिडको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल पुृ‌‌‍‍र्‍याउन निस्केकी अस्मिताको शरीरभरी निलडाम रहेका, नाकको डाडी पुरै भाचिएको र एकापट्टीको बाङ्गरा भाँचिएको अवस्थामा असार ५ गते शव फेला पारेकोले हत्याको आशङ्का गरिएको परशुराम नगरपालिका–८ का अध्यक्ष गोविन्द बोहराले बताउनु भयो ।

अस्मिता दिनहुँ घरबाटै कार्यालय आउने भएपनि कोभिडको खोप लगाउने अभियानका कारण एक दिन कार्यालय नजिकैको आफन्तको घरमा बस्ने र दोस्रो दिन छोरीका लागि भएपनि घर पुग्ने गर्थिन् ।

सधै दोस्रो दिन घर पुग्ने अस्मिता कार्यालयबाट दोस्रो दिनपनि घर नपुगेपछि घरपरिवारले आसर ३ र ४ गते जोगबुडा अस्पताल र आफन्तहरुकोमा खोजी गरेपनि अस्मिताको कुनै पत्तो नलागेपछि असार ५ गते प्रहरीलाई जोखतलास गरि दिन अनुरोध गरेका थिए ।

सिमा चौकी, तातापानी र जोगबुडा ईलाका प्रहरी कार्यालयको टोलीले खोजी गर्ने क्रममा असार ५ गते परशुराम नगरपालिका–९ स्थित हट्वानी सामुदायिक वनमा अस्मिताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका डिएसपी महेन्द्र नेपालले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय, डडेल्धुराबाट इन्स्पेक्टर हर्षबहादुर चन्द नेतृत्वको टोलीले असार ५ गतेदेखि नै घटनाको अनुसन्धान गरिरहेको र थप अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टा छुट्टै टोली असार ६ गते घटनास्थल पठाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी योगेन्द्र थापाले बताउनु भयो ।

शवको पोष्टमार्टम असार ६ गते जोगवुडा अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो